अत्तरियामा जीपको ठक्करबाट एक वृद्धको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको अत्तरियामा जेब्रा क्रसिङ्ग गर्ने क्रममा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धनगढी रोडमा पदमा अस्पताल नजिक से १ च १५३९ नम्बरको महेन्द्रा बोलेरो जिपको ठक्करबाट जेब्रा–क्रसिङ्ग गरिरहेका पैदलयात्री अत्तरियाकै ७० वर्षीय बासुदेव खरेलको मृत्यु भएको हो ।

बुधबार साँझ जिपको ठक्करबाट गम्भिर घाईते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *