बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरद्धारा उद्धार

शेयेर गर्नुहोस

बाजुरा । बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरद्धारा उद्धार गरिएको छ ।

शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । बाजुराबाट बिहीवार पनि थप एक सुत्केरीको हेलिकोप्टरबाटै उद्धार गरिएको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed