कर्णाली पुलमा आजबाट यातायात सुचारु

शेयेर गर्नुहोस

टीकापुर । आगलागीका कारण आवागमन बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गरेर पुल सञ्चालन गरिएको जानकारी दिए । उनले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।’

गत सोमबार पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।

amazed