खैरो हेरोइनसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने  गौरव बिक्रम थापा र बेदकोट नगरपालिका-७ बस्ने लोकेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ३ ग्राम ५९ मिलि ग्राम खैरोहेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई मंगलवार कञ्चनपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *