शेयेर गर्नुहोस
एजेन्सी । आइतवारदेखि पूर्वी चीनको जियाङ्सी प्रान्तलाई असर गरिरहेको असिना र मुसलधारे पानी वर्षा हुँदा मृत्यु हुनेहरूको सङ्ख्या सात पुगेको छ ।
जियाङ्सी प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयको तथ्याङ्क अनुसार बुधवारसम्म प्रान्तीय राजधानी नानचाङसहित नौ सहरका ५४ काउन्टीहरू खराब मौसमबाट प्रभावित भएका थिए । वर्षाका कारण ९३ हजार मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
खराब मौसमका कारण पाँच हजार ७०० हेक्टर क्षेत्रमा लगाएको बाली र १२ हजार घरमा आंशिक क्षति भएको छ । वर्षाले अन्य ८० हजार घरहरूमा सामान्य क्षति पुर्याएको छ । प्रकोपले गर्दा निम्त्याएको आर्थिक नोक्सानको प्रारम्भिक अनुमान १५ करोड युआन पुगेको छ ।
प्रान्तीय मुख्यालयले मङ्गलवारदेखि तीन चरणमा बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरी असहज मौसमको कारण नदीको बाढीको जोखिमबाट सचेत रहन प्रेरित गरेको छ।















