भारतको खजुरियाबाट डेढ लाख नगदसहित दुई नेपाली पक्राउ

शेयेर गर्नुहोस

धनगढी । नेपाल–भारत सीमा भारतको खजुरिया क्षेत्रबाट डेढ लाख बढी नगदसहित दुई नेपाली पक्राउ परेका छन् । थाना सम्पूर्णा नगर, जनपथ खिरीले प्रेस विज्ञप्ती जारी गर्दै कैलालीको धनगढीका शुभशंकर सिंह र बाबु सिंहलाई एक लाख ६३ हजार नगदसहित पक्राउ गरिएको जनाएको हो ।

विज्ञप्ती अनुसार भारतीय जनपद प्रहरीले उनीहरुलाई एक लाख ४६ हजार २ सय ४० रुपैयाँ नेपाली र १० हजार पाँच सय भारतीय रुपियासहित पक्राउ गरेको छ । उनीहरुको साथमा पाइएको रकम अवैध देखिएकाले बरामद गरिएको भारतीय प्रहरीले बताएको छ ।

एफएसटी र प्रहरीको संयुक्त टिमले घटनाको थप अनुसन्धान गरिरहेको जनपद प्रहरी खिरीले बताएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *