कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

लागूऔषध चरेश मुद्दामा ५ महिना १ दिन कैद र २ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने घुटुरे बुढा र सोही मुद्दामा १० हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका–४ बस्ने बिक्रम सिंह ठकुरी पक्राउ परेका छन् ।

यस्तै सवारी ज्यान मुद्दामा १ हजार ५ सय जरिवाना ठहर भएका जानकी गाउँपालिका–८ बस्ने हरीलाल चौधरी र सोही मुद्दामा २ हजार जरीवाना ठहर भएका टीकापुर नगरपालिका–३ बस्ने ज्ञानेन्द्र रावल रहेका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि चारै जनालाई प्रहरीले अदालतमा पेश गरेको छ । 

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *