कैलालीमा लामो समय देखि फरार तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा लामो समय देखि फरार रहेका तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा फरार रहेका धनगढी उपमहनगरपालिका–३ का जनकसिँह ऐरी र संदिप चौधरी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीले ऐरीलाई १६ हजार र चौधरीलाई २० हजार जरिवाना तोकेको थियो ।

यस्तै लागुऔषध मुद्धामा १० हजार जरिवाना तोकीएर फरार रहेका धनगढी–२ का ओमबिक्रम अधिकारी पनि पक्राउ परेका छन् ।

तीनै जनालाई कारबाहीका लागि अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *