कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन् । चौधरीलाई २.३५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिईएको हो ।

यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण राना पक्राउ परेका छन् । भारतबाट नेपाल आउदै गरेको रानालाई २.८२ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिएको हो ।

लागूऔषधसहित दुबैजनाई बुधवार नियन्त्रणमा लिईका यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

ताजा खबर

amazed