बाजुरामा जङ्गलमा आगोबाट एक घरमा आगलागी

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा जङ्गलमा लागेको आगोबाट एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको हो ।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed