कोरोना भाइरसबाट मोरङमा ५० वर्षीय पुरुषको मृत्यु

शेयेर गर्नुहोस

मोरङ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ मा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि धरान स्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको उपचारकै क्रममा मंगलवार राती मृत्यु भएको बताइएको छ ।

ती पुरुष उच्च रक्त्तचापका बिरामी रहेको परिवार स्रोतले जनाएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ पाइएको थियो । 

पहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका उनी गम्भीर भएपछि थप उपचारका लागि धरान स्थित बिपी प्रतिष्ठानमा मंगलवार रिफर गरिएको हो । संक्रमितको मृत्यु भएपछि वडालाइ सिल गर्ने तयारी भइरहेको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *