सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (बिहिबार) विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *