कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ हरैयास्थित शिवशक्ति बालुवा प्रसोधन केन्द्रमा रोकिएको ट्याक्टर अचानक आफै पछाडी सर्दा चाकल गोदावरी नगरपालिका–८ का अन्दाजी १८÷१९ वर्षीय दिनेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बालुवा प्रसोधन केन्द्रमा सुपप्र ००–१००२ त ४०२१ नम्बरको ट्याक्टरमा जोडिएको पानी ट्याक्टरको पछाडीको भाग भारी हुँदा ट्याक्टर अचानक पछाडी सरेको थियो । ट्याक्टर पछाडी सर्दा ट्याक्टरको पछाडी रहेको पानी ट्याङ्की र मेसिनको बिचमा च्यापिदा दिनेशको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed