शेयेर गर्नुहोस
काठमाडौं । टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिका८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम पक्राउ परेका छन् ।
राममाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् ।
गत आइतबार बिहान घरायसी विवादको कारण दीपेन्द्रले आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी तेतरीको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख छ ।















