कैलालीको घोडाघोडी जंगलमा एक जनाको शव फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ एक जनाको शव फेला परेको छ ।

कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए।

उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ। शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *