कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी। कैलालीमा ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

जानकी गाउँपालिका-८ खैरीपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन्। दुबै जनालाई १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-७ देबरियाबाट भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह पक्राउ परेका छन्। यी दुबै जनालाई ३३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।  

ताजा खबर

amazed