शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ परेका छन । शनिबार टीकापुर नगरपालिका –१ ब्लक नं. १४ बाट २० वर्षीय रोहन साउद पक्राउ परेका हुन ।
उनको साथबाट ४८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।