टीकापुरमा तस्करीको बिडि सहित महर पक्राउ

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला / टीकापुर । कैलाली जिल्लाको दक्षिणपुर्विक्षेत्र बाट केहिदिन यता सीमा तस्करी बढेको छ ।
तस्करीमा संलग्नहरुले चोर बाटो प्रयोग गर्दै तस्करी गर्दै आएका छन । उनिहरुले रात्रीको समयमा भारतीयहरुसंग मिलेर तस्करीमा डुंगा प्रयोग गर्दै आएको स्थानियले जानकारी दिएका छन ।
यसैक्रममा आज टीकापुर नगरपालिका वडा न ४ ईन्द्रैयाबाट सुर्तीजन्य पदार्थ बिडी सहित १ जना पक्राउ परेका छन ।
प्रहरी चौकी सत्तीको गस्ती टोलीले दिउसो साढे तीन बजेतिर टीकापुर नगरपालिका वडा न ८ का देबेन्द्र महरलाई १४ हजार मूल्य बराबरको बिडि सहित पक्राउ गरेको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायब निरिक्षक चरणसिह बुढथापाले जानकारी दिए ।
बिडि सहित पक्राउ परेका युवकलाई कार्बाहीका लागि आजै सत्ती भन्सार कार्यालय पठाउने तयारी रहेको समेत बुढथापाले जानकारी दिए ।

amazed