शेयेर गर्नुहोस
धनगढी । सुदूरपश्चिम प्रदेशका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ । पछिल्लो केही दिनयता गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिने भन्दापनि बाहिरिनेको संख्या बढ्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले सोमवार दुवै नाकाबाट एक सय ३८ जना नेपाल भित्रिएको र दुई सय ४७ जना भारत गएको जानकारी दिए ।
उनका अनुसार सोमवार गौरीफन्टा नाकाबाट एक सय २१ जना भित्रिएका छन् भने दुई सय ८ जना बाहिरिएका छन् ।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १७ जना नेपाल भित्रिएका छन् भने ३९ जना भारत गएका छन् । गौरीफन्टा नाकाबाट ६८ जना र गड्डाचौकीबाट २६ जना गरी ९४ जना स्वदेश फर्किएका थिए ।