धनगढीमा समुदायस्तरमै फैलियो कोरोना, ट्राभल हिस्ट्री नभएका संक्रमित ३० प्रतिशत

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ । धनगढी उपमहानगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको जनाएको हो ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘धनगढीमा समुदायमा कोरोना संक्रमण फैलिदै गएको छ । हामी टेस्टीङ र कन्ट्याक्ट ट्रेसिङमा जोड दिन्छौ।’

उनका अनुसार प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा सोमवारसम्म दुई सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ७५ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए । जुन कुल संक्रमितको ३० प्रतिशत हो ।

उपाध्यायका अनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भईसकेको छ । सोमवार मात्र १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कसैको पनि ट्राभल हिस्ट्री देखिएको छैन । प्रादेशिक अस्पतालका अनुसार सबैभन्दा बढि धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का चार महिला र पाँच पुरुष गरी नौँ जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये ८ जना यसअघि कोरोना संक्रमण पुष्टि भएका सेती अस्पतालका एम्बुलेन्स चालकको सम्पर्कमा आएका थिए । एम्बुलेन्स चालकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका ८ जनामा संक्रमण पुष्टि भएको हो । वडा नम्वर ५ कै अर्का संक्रमित भने कानुन व्यवसायी हुन् । वडा नम्वर ३ का नौँ महिनाकी शिशु र २५ बर्षीय युवकमा संक्रमण पुष्टि भएकोमा युवक व्यापारी हुन् । यसअघि धनगढीको बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएकोमा सोमवार उनकी नौँ महिनाकी छोरीमा पनि संक्रमण देखिएको हो ।

यस्तै सोमवार नै वडा नम्वर १ का दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । दुबै पुरुष जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हुन् । ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, कानुन व्यवसायी र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ । दिनेश खबर

ताजा खबर

कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ

amazed