खक्रौलाक्षेत्रबाट अवैध कपडासहित मोटरसाइकल बरामद

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय / टीकापुर । टीकापुर नगरपालिका कालाकुन्डाक्षेत्रबाट प्रहरीले अवैध कपडासहित एक मोटरसाइकल बरामद गरेको छ ।
अवैध रुपमा भारतबाट भित्र्याइएको ३० हजार ५०० बराबरको ६१ थान सर्ट र नम्बर प्लेट नभएको हिरो होन्डा मोटरसाइकल बरामद गरेको हो ।
उक्त मोटरसाइकल एक लाख बराबरको रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टर अरुण बमले जानकारी दिएका छन् ।
प्रहरी चौकी कालाकुन्डाका प्रमुख सई कुल बहादुर साउँदले दिएको जानकारी अनुसार कार्यालय जाने समयमा सोमबार टीकापुर नगरपालिका वडा नं. ८ कालीमाटीमा दिउँसो १ बजे अवैध सामान सहित मोटरसाइकल बरामद गरिएकोे हो ।
अबैधरुपमा सामान ल्याउने व्यक्ती भने भाग्न सफल भएको समेत सइ साउँदले बताए । तस्करी तथा सीमामा हुने बिभिन्न अपराधिक कृयाकलाप रोक्न प्रहरी २४ सै घन्टा तैनाथ रहने साउँदले बताए ।

ताजा खबर

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अछामका डीएसपी सरुवा

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर

amazed

Leave a Reply

Your email address will not be published.