सोनियालाई कंगनाको प्रश्न–‘मेरो घर भत्कदा तपाई दुःखी हुनुहुन्न ?

शेयेर गर्नुहोस

भारतको महाराष्ट्रको सरकारले नायिका कंगना रनावतको मुम्बइमा अवस्थित अफिस भत्काएपछि यसको चर्को विरोध भैरहेको छ । नायिका रनावतले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई कडा चुनौती दिइसकेकी छिन् । अब उनले कांग्रेस पार्टीमाथि पनि प्रश्न सोझाएकी छिन् ।

उनले ट्विट गर्दै लेखेकी छिन्–‘सोनिया गान्धीजी, एक महिला भएको नाताले महाराष्ट्रमा तपाइको सरकारले गरेको क्रियाकलापबाट के तपाई दुःखी हुनुहुन्न रु के तपाई डाक्टर अम्बेडकरले बनाएको संविधानको सिद्धान्त पालना गर्नका लागि आफ्नो सरकारसँग अपिल गर्न सक्नुहुन्न ?’

कंगनाले बाल ठाकरेलाई शिवसेना एक दिन कांग्रेस पार्टीमा विलय हुन्छ भन्ने डर थियो भनेर समेत उल्लेख गरेकी छिन् । उनले, यस भन्दा अगाडि शिवसेना सोनिया सेना बनेको आरोप समेत लगाएकी थिइन् ।

मुम्बई फर्किएपछि आफ्नो भत्किएको अफिस पुगेकी कंगनाले बिहिबार १० मिनेट अफिस परिसरमा बिताएकी थिइन् । उनले, अफिस पूर्ननिर्माण गर्ने रकम आफूसँग नभएकाले भत्किएको अफिसबाटै काम सुरु गर्ने पनि उल्लेख गरेकी छिन् ।

अवैध निर्माण भएको भन्दै बीएमसीले उनको अफिसमा डोजर चलाएको थियो । तर, यसलाई भारतीय मिडियाले कंगना र महाराष्ट्र सरकारविचको वाकयुद्धको परिणाम भन्दै टिप्पणी गरेका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *