टीकापुरका युवाहरुद्वारा छाडा गाईवस्तु नियन्त्रण प्रयास

शेयेर गर्नुहोस

टीकापुर । कैलाली तथा आसपासका जिल्लाहरुमा छाडा गाईवस्तुको संख्या दिनदिनै बढ्दै गएको छ ।
स्थानिय तहहरुले छाडा गाईवस्तु नियन्त्रण गर्न खोज्दापनि नियन्त्रण गर्न सकेका छैनन । गाईवस्तु नियन्त्रण गर्नका लागि थुर्पै स्थानियतहहरुले थुर्पै रकम समेत खर्च गरि सकेका छन । तरपनि समस्या समाधान हुन नसकेको स्थानिय बासिन्दा बताउँछन ।
यसरी दिनदिनै छाडा गाईवस्तु बढ्दै गएपनि स्थानिय युवाहरुले छाडा गाईवस्तु नियन्त्रणको प्रयास गरेका छन ।
टीकापुर नगरपालिका वडा नं. ९ पायलगाउँका कमल बोहराको सक्रियतामा छाडा गाईवस्तु नियन्त्रणको प्रयास भएको हो ।
बोहराले माया नेपाल मल्टिपल एग्रो फर्म नामक संस्था गठन गरी छाडा गाईवस्तु नियन्त्रणको प्रयास गरेको मलवारालाई बताए ।
हाल करिब २ सय छाडा गाईवस्तुलाई व्यवस्थितको प्रयास गरिएको समेत बोहराले बताए ।
बोहराले भने–व्यवस्थित गर्न खोजिएका कैयौं छाडा गाईवस्तु बिरामी छन तर औषधी गर्ने र बिरामी गाईवस्तुलाई उपचारको प्रयासमा छौं ।
छाडा गाईवस्तुबाट थुर्पै किसानले नोक्सान व्यहोर्नु परेको छ त्यसैलेपनि थुर्पै किसानहरु छाडा गाईवस्तु नियन्त्रण गर्न हौसला दिइ रहेको
बोहराले बताए ।
बोहराले छाडा गाईवस्तु नियन्त्रण गर्न आफुले टीकापुर नगरपालिका वडा नं. ७, ८ र ९ मा समेत सहकार्य गर्ने कार्य अघि बढाएको बताए ।
हाल नेपाल भारत सीमानामा करिब १ बिघा जग्गामा ६ लाइनको रसीले घेरवार गरेर व्यवस्थित गर्दै आएका छौं ।
सो सम्बन्धमा टीकापुर नगर–पालिका वडा नं. ९ का वडा अध्यक्ष लौटन चौधरीले स्थानिय युवाहरुले छाडा गाई वस्तु नियन्त्रण गर्ने प्रयास गरेको बताए ।
छाडा गाईवस्तु नियन्त्रण गर्न जरुरीपनि छ । यसकालागि आफ्नो वडाबाट के सहयोग गर्न सकिन्छ सहयोग गर्न तत्पर रहेको समेत अध्यक्ष चौधरीले बताए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed