टीकापुरका युवाहरुद्वारा छाडा गाईवस्तु नियन्त्रण प्रयास

शेयेर गर्नुहोस

टीकापुर । कैलाली तथा आसपासका जिल्लाहरुमा छाडा गाईवस्तुको संख्या दिनदिनै बढ्दै गएको छ ।
स्थानिय तहहरुले छाडा गाईवस्तु नियन्त्रण गर्न खोज्दापनि नियन्त्रण गर्न सकेका छैनन । गाईवस्तु नियन्त्रण गर्नका लागि थुर्पै स्थानियतहहरुले थुर्पै रकम समेत खर्च गरि सकेका छन । तरपनि समस्या समाधान हुन नसकेको स्थानिय बासिन्दा बताउँछन ।
यसरी दिनदिनै छाडा गाईवस्तु बढ्दै गएपनि स्थानिय युवाहरुले छाडा गाईवस्तु नियन्त्रणको प्रयास गरेका छन ।
टीकापुर नगरपालिका वडा नं. ९ पायलगाउँका कमल बोहराको सक्रियतामा छाडा गाईवस्तु नियन्त्रणको प्रयास भएको हो ।
बोहराले माया नेपाल मल्टिपल एग्रो फर्म नामक संस्था गठन गरी छाडा गाईवस्तु नियन्त्रणको प्रयास गरेको मलवारालाई बताए ।
हाल करिब २ सय छाडा गाईवस्तुलाई व्यवस्थितको प्रयास गरिएको समेत बोहराले बताए ।
बोहराले भने–व्यवस्थित गर्न खोजिएका कैयौं छाडा गाईवस्तु बिरामी छन तर औषधी गर्ने र बिरामी गाईवस्तुलाई उपचारको प्रयासमा छौं ।
छाडा गाईवस्तुबाट थुर्पै किसानले नोक्सान व्यहोर्नु परेको छ त्यसैलेपनि थुर्पै किसानहरु छाडा गाईवस्तु नियन्त्रण गर्न हौसला दिइ रहेको
बोहराले बताए ।
बोहराले छाडा गाईवस्तु नियन्त्रण गर्न आफुले टीकापुर नगरपालिका वडा नं. ७, ८ र ९ मा समेत सहकार्य गर्ने कार्य अघि बढाएको बताए ।
हाल नेपाल भारत सीमानामा करिब १ बिघा जग्गामा ६ लाइनको रसीले घेरवार गरेर व्यवस्थित गर्दै आएका छौं ।
सो सम्बन्धमा टीकापुर नगर–पालिका वडा नं. ९ का वडा अध्यक्ष लौटन चौधरीले स्थानिय युवाहरुले छाडा गाई वस्तु नियन्त्रण गर्ने प्रयास गरेको बताए ।
छाडा गाईवस्तु नियन्त्रण गर्न जरुरीपनि छ । यसकालागि आफ्नो वडाबाट के सहयोग गर्न सकिन्छ सहयोग गर्न तत्पर रहेको समेत अध्यक्ष चौधरीले बताए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed