टीकापुरको बिपी निकुञ्ज पर्यटकीय स्थलको रुपमा चिनिदै

शेयेर गर्नुहोस

दीपेन्द्र भण्डारी /
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ६ स्थित बिपी निकुञ्ज सामुदायिक वन उपभोक्ता समुह पर्यटकीय स्थलको रुपमा चिनिदै आएको छ । यो सामुदायिक वन भित्र पिकनिक स्थल पनि रहेको छ । वर्षायाम पश्चात यहाँ पिकिनिक खानेहरुको भिड लाग्ने गर्दछ । २९ हेक्टर जमिनमा फैलिएको वनको पश्चिम दक्षिण तिर जमरा कुलोको दोभान छ । दोभानमा डल्फिन स्थल छ ।

यस्तै वनभित्र झुला खेलेर रमाउनेका लागि झुलाको पनि व्यवस्था छ । पिकनिक खानेहरुका लागि खसी, कुखुरा काट्ने व्यवस्थित स्थलपनि बनाइएको छ । यी बिभिन्न कुरालेपनि यो सामुदायिक वन रमणीय बन्दै गएको छ ।
यसैगरी यो सामुदायिक वनले डिजे बाजा, खाना पकाउने भाडाकुडा पनि पिकनिकमा आएकाहरुलाई उपलब्ध गराउदै आएको छ । तर वनको आर्थिक अवस्था कमजोर भएकाले वनलाई अझै व्यवस्थित गर्न सकिएको छैन ।


२०४९ सालमा स्थापना भएको यो वनलाई २०५३ सालदेखि व्यवस्थित गरिएको हो । यो वनमा ६ सय १५ जना उपभोक्ता छन भने वनमा हाल ४ जना कर्मचारी कार्यरत छन । तर चारजना कर्मचारीको तलब व्यवस्थापनका लागि सामुदायिक वनलाई धौ धौ भएको सो सामुदायिक वनका अध्यक्ष शम्भु कडायत बताउँछन ।


यो वर्षायाममा आएको बाढीले वनमा लगाइएका फूलका बोटहरुलाई नोक्सान ग¥यो–‘तर अब केहि दिनमा वनभित्र सरसफाई गर्दैछौ अध्यक्ष कडायतले भने ।’
वनमा रहेका ढलापडा दाउराले चारजना कर्मचारीलाई तलबको व्यवस्था गर्दै आएको अध्यक्ष कडायत बताउँछन । अध्यक्ष कडायतको नेतृत्वमा निर्वाचित कार्य समिति पश्चात वनलाई राम्रो बनाइएको समेत स्थानियहरु प्रशंसा गर्दै आएका छन ।


टीकापुर नगरपालिका वडा नं. ६ एवं सो सामुदायिक वनका उपभोक्ता कृष्ण चौधरी भन्छन –‘हामीले यो पार्टी त्यो पार्टी भन्नु हुदैन, जसले राम्रो काम गर्छ उसलाई हौसालापनि दिनु पर्छ यसका पात्र अध्यक्ष शम्भु कडायत हुन ।’ वनलाई अझै व्यवस्थित गर्न सबै उपभोक्ताहरुले सकारात्मकरुपमा लाग्नुपर्ने समेत चौधरीको भनाइ छ ।


वनमा आवश्यक पुर्वाधारहरु नभएकालेपनि अझै रमणीयस्थल बन्न नसकेको स्थानियहरु बताउँछन । वनलाई चारैतिर तरबार गर्नपनि आवश्यक छ । तर वन आर्थिक अवस्थामा कमजोर छ । त्यसैले यो वनमा आर्थिक सहयोग स्थानियतहले गर्छ कि भन्ने आपेक्षामा रहेको वनका उपभोक्ताहरु बताउँछन ।

ताजा खबर

सुदूरपश्चिमका आशिषले ३६ वर्षको कीर्तिमान तोडे

बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

कैलालीमा बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

amazed