शेयेर गर्नुहोस
मान वहादुर ठकुल्ला ।
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ७ सत्ती स्थित भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले युवा युवतिलाई लक्षित गर्दै विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
पुस्तकालयका अध्यक्ष देबेन्द्र ढुङ्गानाका अनुसार युवायुवतीलाई क्षमता अभिबृदि र स्वरोजार मुलक जस्ता कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले जनचेतनामुलक कार्यक्रमका साथै निशुल्क कम्प्युटर कक्षा समेत संचालन गर्दै आएको छ । हाल सम्म ५ सय भन्दा बढीले बेसिक कम्प्युटर कक्षा लिएको संस्थाका अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो ।
पुस्तकालयले बाल कक्षा, महिला कक्ष र पुस्तकालय कक्ष गरि छुट्टाछुट्टै ब्यस्थापन गरि संचालन गरिरहेको छ । बाल कक्षामा बालबालिकालाई पढ्ने, सिक्ने र मनोरन्जन दिने खालका सामग्री राखिएका छन भने महिला कक्षमा महिला अधिकार, स्वास्थ्य सम्बन्धि किताब रहेका छन ।
पुस्तकालय कक्षमा सामान्यज्ञान, दर्शन, धर्म सामाजिक बिज्ञान, भाषा, शुद्ध बिज्ञान,प्रविधि कला लगायतका पुस्तक रहेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
साबिक धनसिहपुर नारायणपुर गाबिस तथा टीकापुर नगरपालिका वडा नं ६,७,८,९ का यवायुवतीलाई लक्षित गरि विभिन्न खाले क्षमता अभिबृदि तथा स्वरोजगारमुलक कार्यक्रम संचालन गर्दै आई रहेको पुस्तकालयका सचिब मनिराम ढुङ्गानाले जनाकारी दिनुभयो ।
सचिब ढुङ्गानाका अनुसार स्थानिय स्तरमा रहेका करिब २ सय भन्दा बढी युवा युवतीलाई स्वरोजगार सम्बन्धि तालिम दिई सकेको जसमा धेरैले व्यशायिक रुपमा काम गर्दै आईरहेका छन ।