प्रहरी नायव निरीक्षक धुर्ब रावलको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । प्रहरी नायव निरीक्षक (सई) धु्रर्ब रावलको आज बिहान करिब ४ बजेतिर मृत्यु भएको छ ।
सई रावल दार्चुला सदरमुकामको मल्लो बजार बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे शुक्रबार विहान होटल मालिकले प्रहरीलाई खबरपछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
घटनाबारे बिस्तृत अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ । रावल दल्लेख प्रहरी चौकीबाट ईलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए ।
दार्चुलाका डिएसपी पदम बहादुर बिष्टका अनुसार मृतकको शरीरमा देखिने घाउचोट नदेखिएको, मुखबाट रगत आएको र होटलको शौचालयमा थोरै रगत पनि भेटिएको छ ।
रावलले केहि बर्ष पहिले कालाकुण्डा प्रहरी चौकी र अमरावती प्रहरी चौकीमा पनि प्रमुख भएर सेवा दिइ सकेका थिए । उनि बर्दियाको गेरुवा गाउँपालिका गोलाका बासिन्दा हुन ।

ताजा खबर

कञ्चनपुरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु

त्रिशूलीमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

amazed