नारायणपुर जेसिजद्वारा नेतृत्व विकास तालिम सम्पन्न

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय /
टीकापुर । नारायणपुर जेसिजको आयोजनामा आज सप्ताहव्यापी कार्यक्रमको छैटौं दिन युवा नेतृत्व क्षमता विकास तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
जेसिजले प्रत्येक वर्ष गर्दै आएको सप्ताहव्यापी कार्यक्रम यो वर्ष पनि विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गर्ने उद्देश्यका साथ छैटौं दिन नेतृत्व विकास तालिमको आयोजना गरिएको नारायण जेसिजका अध्यक्ष शम्भु कडायतले जानकारी दिए ।
उनका अनुसार उक्त नेतृत्व विकास तालिमको संयोजक समेत रहेका वडा नम्बर ६ का वडा अध्यक्ष बलिराम चौधरी, मानार्थ सदस्य कपुर सिंह कडायत, नारायणपुर जेसिज २०१९ का अध्यक्ष धनञ्जय ढुंगाना प्रशिक्षक को रुपमा रहेका थिए ।
उनीहरुले स्थानिय युवाहरुले कसरी आफ्नो समाज, देश परिवर्तनमा भुमिका खेल्न सक्छन् र कसरी समाज परिवर्तनका लागि युवाको योगदान रहन्छ भन्ने विषयमा युवाहरुलाई प्रशिक्षण दिएको अध्यक्ष कडायतले जानकारी दिए ।
नारायणपुर जेसिज २०२० का अध्यक्ष कडायत सामाजिक रुपमा र युवाहरुका पक्षमा विभिन्न कार्यमा सक्रिय व्यक्तिसमेत भएकाले जेसिजको सप्ताहव्यापी कार्यक्रममा युवाहरुलाई नेतृत्व विकास तालिमको आवश्यकता देखेर नै यस्तो कार्यक्रमको आयोजना गरिएको बताउछन ।
लगभग ४० भन्दा बढी प्रशिक्षार्थीको उपस्थिति रहेको कार्यक्रममा युवाहरु एवं उपस्थित प्रशिक्षार्थी निकै खुशी देखिन्थे । जेसिजले यस्तो कार्यक्रम गरेर युवाहरुलाई अगाडी बढाउन खोजेकोमा उनीहरुले धन्यवाद समेत दिए ।
अब कार्यक्रमको अन्तिम दिन शुत्रबार सम्मान र भोजन सहित कार्यक्रमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कडायतले बताए । कार्यक्रमको पहिलो दिन र अन्तिम दिन मात्र औपचारिक कार्यक्रम गरिने र अन्तिम दिन अझै विषेश रहने विश्वास लिएको बताउदै तालिममा उपस्थित सम्पुर्ण प्रशिक्षार्थीलाई धन्यवाद समेत दिए । नारायणपुर जेसिजले बिगतका बर्षहरुदेखि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

amazed