अशक्त व्यक्तिहरुलाई ह्विल चियर, बैशाखि लगायतका सामग्री वितरण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले नगर भित्रका शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई ह्विल चियर, बैशाखि लगायतका सामग्री वितरण गरेकाे छ ।

नगरपालिकाले वडा नं १ देखि ९ सम्मका शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्विलचेयर, बैशाखि, छडि, वाकर लगायतका सामग्री हस्तान्तरण गरिएकाे टीकापुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख संगिता शाहले जानकारी दिनुभएकाे छ ।

महिला तथा बालबालिका शाखा प्रमुख संगिता शाहका अनुसार १४ थान ह्विलचियर, ७ थान ट्राईकल, १० थान छडि, ५ थान बैशाखि, ५ थान अलबुकेट र ४ थान वाकर वितरण गरिएकाे हो ।

ताजा खबर

भक्तपुरको दुईपोखरीमा डुबेर एक पुरुषको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *