टीकापुर नगरपालिका र टीकापुर प्रहरीको सहकार्यमा टोल सुरक्षा समिति गठन

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला /

टीकापुर । स्थानिय स्तरमा हुने अपराधिक क्रियाकलाप लाई न्युनिकरण तथा रोकथाम गर्नका लागि टीकापुर नगरपालिका वडा न ८ मा टोल सुरक्षा समिति गठन गरिएको छ ।
टीकापुर नगरपालिका र ईलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त सहकार्यमा वडा न ८ को कर्मिडाँडा टोलमा सुरक्षा समिति गठन गरिएको हो ।
टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा भएको भेलाबाट दिपक बहादुर साउँद ७ सदस्यीय टोल सुरक्षा समिति गठन गरिएको छ ।
जसको सदस्यमा छोटेलाल चौधरी, भिम साउँद, मुकेश साउँद, रतन भण्डारी र करन साउँद रहेका छन । वडा नं ८ मा ८ वटा टोलसुरक्षा समिति गठन गरिने वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला ले जानकारी दिनु भएको छ ।
वडा अध्यक्ष ठकुल्लाले टोल सुरक्षा समितिलाई सक्रिय बनाउन का लागि १ सेट मोबाईल दिई प्रहरी संग प्रत्यक्ष जोडेर समाजमा हुने बिकृति तथा बिसंगति र अपराधिक क्रिया–कलापलाई न्युनिकरण गर्नमा सहज हुने जानकारी दिनुभयो ।
स्थानिय बुद्धिजीवी, जन–प्रतिनिधि, शिक्षक, र कालाकुण्डा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक कुल बहादुर साउँद लगायतको उपस्थितीमा टोल सुरक्षा समिति गठन गरिएको हो ।
चाँडपर्व नजिकिदै गर्दा बिभिन्न ठाउँमा बिभिन्न किसिमका अपराधिक कृयाकलाप बढ्न सक्ने भएकाले सुरक्षा कमिटी गठन गरिएको प्रहरी नायव निरीक्षक साउँदले बताउनुभयो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *