सत्ती कर्णाली सामुदायिक वन पर्यटकीय स्थलको रुपमा बिकास गरिदै

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित सती कर्णाली सामुदायिक वन उपभोक्ता समुहलाई पर्यटकीय स्थलको रुपमा बिकास गरिदै आएको छ । यो सामुदायिक वन कार्य समितिका पदाधिकारीको सक्रियताबाट बिकाश भएको हो । यो सामुदायिक वनले पर्यटकिय रुपमा समेत आफुलाई ओगट्न सफल भएको छ ।
वन नजिकै नेपालकै ठुलो शिवलिङ्ग रहेको पदमप्रकाशेश्वर मन्दिर समेत छ । वनको केहि दुरीमा बर्दिया राष्ट्रिय निकुञ्ज हुँदा यस वनमा हात्ती, गैंडा, बाघ जस्ता जनावरहरु आउने जाने प्रक्रिया चलिरहने हुदा पनि पर्यटकिय रुपमा बिकास गरिन लागेको टिकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष रामलाल डगौंरा थारु बताउनु हुन्छ ।समय समयमा लोपोन्मुख बन्यजन्तु सरीसृप अजिङ्गर पनि यहि देखिन्छन । यो सामुदायिक वन भित्र पिकनिक स्थल पनि छ । दशै तिहार देखि नयांँ बर्षको समयमा यहाँ पिकिनिक खानेहरुको भिड पनि लाग्ने गर्दछ । २५८.६३ हेक्टर जमिनमा फैलिएको वनको पश्चिमतिर ठुलो ताल छ भने पुर्व पट्टि कर्णाली नदि । दक्षिणमा कर्णाली पुल छ ।
यस्तै वनभित्र पिकनिक खानेहरुका लागि खानेपानीको ट्याङ्की, विश्राम घर, गोल घर लगायत खसी, कुखुरा काट्ने व्यवस्थित स्थल पनि बनाइएको छ । सामुदायिक वनमा भ्युटावर, सामुदायिक बन क्षेत्रमा दुई वटा काठेपुल भएकाले पनि यो सामुदायिक वन रमणीय बन्दै गएको छ ।

बेत र अजिङ्गर प्रसस्त पाईने यो सामुदायिक वन २०५१ सालमा स्थापना भएको हो । यस सामुदायिक वनमा १ हजार १ सय जना उपभोक्ता छन भने वनमा हाल ३ जना कार्यालय कर्मचारी, ४ जना बन हेरालु र २ जना ड्राइभर छन । वर्षायाम भएका कारण वनमा लगाइएका फूलका बोटहरुलाई नोक्सान भयो–‘तर अब केहि दिनमा वनभित्र सरसफाई गर्दैछौ सो सामुदायिक वनका अध्यक्ष धनसिह साउँदले मलवारासंगको कुराकानीमा भन्नुभयो ।
उहाँका अनुसार यस सामुदायिक वनलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्नका लागि नगरपालिकाले डिपिआर समेत गरि सकेको छ । अध्यक्ष साउदको नेतृत्वमा निर्वाचित कार्य समिति पश्चात वनलाई आर्थिकरुपका साथै संरक्षणका दृष्टिकोणले राम्रो बनाइएको स्थानियहरुले बताउदै आएका छन ।

टीकापुर नगरपालिका वडा नं.८ सामुदायिक वनका उपभोक्ता कृष्णगोपाल चौधरी भन्नुहुन्छ –‘हामीले आफ्नो र पराइ नभनी, जसले राम्रो काम गर्छ उसलाई हौसला पनि दिनु पर्छ यसका पात्र अध्यक्ष धनसिँह साउद हुनुहुन्छ ।’ वनलाई अझै र पर्यटकिय रुपमा व्यवस्थित गर्न सबै उपभोक्ताहरुले सकारात्मकरुपमा लाग्नुपर्ने समेत चौधरीको भनाइ छ ।
यसैगरी सत्ती कर्णाली सामुदायिक वनका कोषाध्यक्ष मनिराम ढुंगानाका अनुसार वनलाई चारैतिर तारबार गर्नपनि आवश्यक छ । विभिन्न संघ संस्था र स्थानिय निकाय संग समन्वय गरेर केही मात्रामा तारबार गर्न सफल भएका छौं । आगामि दिनमा वनलाई थप व्यवस्थित गर्दै जाने कुरामा ढुंगानाको प्रतिबद्धता छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed