बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा

शेयेर गर्नुहोस

एजेन्सी । भारत र नेपालमा तामाको भाँडाको निकै महत्त्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा राखिएको खानेकुराले शरीरलाई फाइदा समेत गर्छ ।

तामाको भाँडामा पानी राख्ने, पानी खाने, तामाको भाँडामा खाना पकाउने जस्ता कामहरु पनि गरिन्छ ।

तर, तामाको जग वा गिलासमा राखिएको पानी खाँदा भने शरीरलाई निकै फाइदा पुग्छ । बिहान खानी पेटमा तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा कपरको कमी हुँदैन । विभिन्न भाइरसहरुबाट पनि सुरक्षा दिन्छ । तामाको भाँडामा राखिएको पानीले बाथ, पित्त र खोकीको समस्या लाग्दैन ।

आठ घण्टासम्म पानी राख्ने
आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने गर्नुपर्छ । पानीले तामासँग रासायनिक प्रतिक्रिया गरेर एन्टीब्याक्टेरियल र एन्टी इन्फ्लामेन्टरी प्रोपर्टीज उत्पादन गर्छ ।

पाचन प्रक्रिया
नियमित रुपमा तामाको भाँडामा पानी पिउँदा शरीरभित्रका विषयुक्त तत्त्वहरु बाहिर निस्किन्छ । र पेट सफा हुन्छ । यसका साथै तौल कम गर्न पनि यसले मद्दत गर्छ । यसका साथै पाचन प्रक्रिया समेत मजबुत हुने भएकाले शरीरमा अतिरिक्त बोसो लाग्दैन ।

जिवाणु
साधारण पानीमा झाडापखाला, पीलिया जस्ता रोग लगाउने जिवाणुहरु हुन्छन् । तर, तामाको भाँडामा राखेको पानीले यस्ता जिवाणुसँग लड्ने गर्छ । एक अध्ययनका अनुसार १६ घण्टामा तामाको भाँडामा राखेको पानीमा भएका जिवाणुहरु मर्छन् ।

सावधान
तामाको भाँडामा कपर अक्साइडका कारण फोहोर जम्न शुरु हुन्छ । त्यसैले पानी राख्नुअघि तामाको भाँडालाई राम्रोसँग सफा गर्नुपर्छ । फोहोर तामाको भाँडामा राखेको पानीले शरीरलाई बेफाइदा गर्छ ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *