कैलालीका ३३ सहित थप ४९ जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका आज ३३ सहित थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएको थियो भने जसमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको बताए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एकरएकजना र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ। गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा संक्रमण देखिएको छ। श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एकजनामा रहेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एकजनामा पनि संक्रमण पुष्टि भएको समेत अस्पतालले जनाएको छ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

बैतडीमा भिरबाट लडेर एक पुरुष घाइते

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक