सुदूरपश्चिममा पहिलोपटक प्याराग्लाइडिङ सञ्चालन

शेयेर गर्नुहोस

टीकापुर । डोटीको रुबसकाँडामा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यावसायीक रुपमा प्याराग्लाइडिङ सञ्चालनमा ल्याइएको छ । डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडामा ७ लाखको लागतमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । परीक्षण उडान सफल भएपछि असोज २६ गते देखि समितिले प्याराग्लाइडिङ नियमित उडान भर्दै आएको छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए ।

रुबसकाडाको भगतडाँडा९भ्यू प्वाइन्ट०बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने छ भने, छतिवन ताल, बुडर र बिथल गरी तीन स्थानमा प्याराग्लाइडिङको ल्यान्डिङ हुनेछ । प्याराग्लाइडिङको शुल्क ३ हजार ९ सय निर्धारण गरिएको छ ।

छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा व्यवसायीक रुपमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष कुँवरले बताए । प्याराग्लाइडिङ साहसिक खेल खेल्नेहरुका लागि डोटीको रुबसकाँडामा सञ्चालनमा आएको प्याराग्लाइडिङ सुदूरपश्चिममै पहिलो हो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed