सेती अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेक कोरोना परीक्षण बन्द

शेयेर गर्नुहोस

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द भएको छ। प्रयोगशालाका अनुसार आकस्मिक बाहेकका नमूना परीक्षण बन्द गरिएको हो।

प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट नभएकाले सबै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका ईन्चार्ज रमेश शाहीका अनुसार प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट किट बोकेको सवारी हिडेको छ। उक्त किट सेती प्रादेशिक अस्पताल पुग्न समय लग्ने देखिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पिसिआर किट धनगढी आउदै छ। तर किटको परिणामको बारेमा भने मन्त्रालय बेखबर छ।

प्रदेशमा किट अभावको सूचना पहिले नै सेती प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयलाई थियो। स्रोतका अनुसार अहिले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मात्र दुई हजार पाँच सय बढी नमूना थन्किएका छन् ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed