टीकापुरका पत्रकार पाण्डे र नगरपालिका कर्मचारी सहित ७ जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

टीकापुर । पत्रकार परमानन्द पाण्डे र टीकापुर नगरपालिकाका ४ जना कर्मचारी सहित ७ जनामा कोरोना पुष्टि भएको छ ।  पत्रकार पाण्डेले आफु कोरोना संक्रमित भएको कुरा फेसबुक मार्फत सार्बजनिक गरेका छन । टीकापुरका ७ जना सहित कैलालीका ५१ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको पछिल्लो परीक्षण गरिएकोमा कैलालीका ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

गोदावरी नगरपालिका ७ जना, कैलारी गाउँपालिकाका चार जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed