कालिका कप नयन तारजालिकाे पाेल्टामा

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला, टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ६ बेलुवामा फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ ।

कालिका युवा क्लब नारायणपुरकाे अायाेजनामा राष्ट्रिय माध्यमिक विद्यालयकाे प्राङ्गणमा भएको फुटबल प्रतियोगितामा नयन तार जाली उद्योग बिजयी भएकाे छ भने उपबिजेता कालिका युवा क्लब रहेकाे छ ।

कालिका युवा क्लबका अध्यक्ष देब बहादुर बुढाथोकीकाे सभापतित्वमा भएकाे समापन कार्यक्रमकाे प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बलिराम चा‌धरी रहनु भएकाे थियाे भने बिशिष्ठ अतिथिमा साविक नारायणपुर गाबिसका पुर्वअध्यक्ष फकिर सिंह कठायत रहनु भएकाे थियाे ।

वडा सदस्य लायक राम चाैधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत खेल संयाेजक किरण कडायतले गर्नुभएको थियो भने फुटबल प्रतियोगिताकाे समापन सत्रमा प्रसेनि जनजागृति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष चतुर प्रसाद खनाल, फकिर सिंह कडायत लगायतले प्रतियोगिताकाे समापनमा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

फुटबल प्रतियोगिताकाे फाईनल खेल अायाेजक कालिका युवा क्लब नारायणपुर ए र नयन तार ताली उद्योग टीकापुर बिच भएकाे थियाे । फाईनल खेलकाे समयावधिमा दुबै टिम बीच गाेल हुन नसक्दा पेनाल्टी सुटअाउटबाट नयन तारजाली उद्योग बिजय भएकाे थियो । २३ गते देखि सञ्चालन भएको प्रतियोगितामा टीकापुर, भजनी, लम्की लगायतका क्षेत्रका २२ वटा टिमकाे सहभागितामा रहेकाे थियाे ।

फुटबल प्रतियोगितामा बिजेता टिम नयन तारजाली उद्योगले प्रथम पुरुस्कार ३० हजार नगद र उप बिजेता कालिका युवा क्लब नारायणपुरले १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने बेष्ट किपर कालिका युवा क्लबका शसांक अधिकारीले प्राप्त गरेका थिए भने बेष्ट डिफेन्डर पनि कालिकाकै रेमन्त साउँदले पाएका थिए उदयमान खेलाडीका रुपमा नयन तारजाली उद्योगका साैगात अग्रवाल छनाैट भएका थिए । खेल अवधि भर सबै भन्दा बढी गाेलकर्ता सागर बिसी रहेका थिए ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed