टीकापुर नगरपालिकाद्वारा ३ कार्यालय उद्घाटन सहित ८ घर हस्तान्त्रण

शेयेर गर्नुहोस

मानबहादुर ठकुल्ला /
टीकापुर ।
टीकापुर नगरपालिकामा शनिबार मात्र दलित वस्तीका ८ घर हस्तान्त्रण र ३ वटा कार्यालयका भवनको उद्घघाटन गरिएको छ ।
टीकापुर नगरपालिकाले वडा नं ७ स्थित कुन्तिटोलमा जनता आवास कार्यक्रम अन्तरगत निर्माण गरिएका दलित का ८ घर सम्बन्धित घरपरिवारलाई हस्तान्तरण गरेको हो ।
यसैगरी टीकापुर नगरपालिका कार्यालय अन्र्तगतका ३ वटा कार्यालयका भवन समेत उद्घघाटन गरिएका छन ।
ञनगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुर नगरपालिका वडा न २ को कार्यालय भवन, वडा न ९ को कार्यालय भवन र टीकापुर नगरपालिका वडा न ७ स्थित शहरी स्वास्थ्य केन्द्रको भवनको छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि उद्घघाटन गर्नु भएको हो ।
सहरी स्वास्थ्य केन्द्र सत्ती ६३ लाख लागत अनुमान बजेट भएकोमा ४२ लाखमा निर्माण सम्पन्न भएको टीकापुर नगरपालिका कार्यालयका ईन्जिनियर नवीन ओझाले जानकारी दिनु भयो ।
त्यसैगरी वडा नं. ९ को वडा कार्यालयको भवन निर्माणका लागि ८३ लाख लागत अनुमान रहेकोमा ५४ लाखको लागतमा सम्पन्न भएको समेत ईन्जिनियर ओझाले जानकारी दिनु भयो ।
टीकापुर नगरपालिका वडा नं ७ कुन्तिपुरमा अति बिपन्न ८ वटा दलित घरपरिवारलाई नगरपालिकाले जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरि दिएको मा स्थानियले खुसी ब्यक्त गरेका छन ।
बाढी प्रभावित र अति बिपन्न लाई घर निर्माण गरि नगरपालिका ले सहयोग गरेकोमा लक्ष्मी बिकले धन्यबाद समेत ब्यक्त गरेकि छिन ।
नगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत टीकापुर नगरपालिका वडा न ७ कुन्तिपुरमा प्रति घर ६ लाख ६१ हजारमा निर्माण गरि स्थानिय गगन बिक, कर्ण बिक, बिमला सुनार, ईशु सुनार, लाल बहादुर सुनार , सन्तोष सुनार लगायतका ८ घरपरिवारलाई शनिबार घर हस्तान्तरण गरिएको टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।
यसैगरी दलित वस्तीमा ८ घर हस्तान्त्रण गरेपछि स्थानियले नगरपालिकाको प्रशंसा गरेका छन । अधिकांश दलित वस्तीका बासिन्दा ले धन्यबाद समेत दिएका छन ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *