प्रहरी जवान साउदको समेत विभत्स हत्या

शेयेर गर्नुहोस

टीकापुर । मोहना नदीमा मृत भेटिएका प्रहरी जवान रामबहादुर साउदको पनि विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।

साउदको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

साउँदको धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जानकारी दिए ।
गत शनिबार राती हत्या गरिएका असइ बिकसँगै साउद पनि नियमित गस्तीमा खटिएका थिए ।

यस्तै हत्या गरिएका असइको हराएको पेस्तोल पनि नदीमै भेटिएको जनाइएको छ ।

असइ बिक आइतबार बिहान नेपाल–भारत सीमा स्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १० को मोहना नदीमा हत्या गरेको अवस्थामा फेला परेका थिए ।

बिक भेटिएको स्थानदेखि २ सय मिटर टाढा साउदको शव आज बिहान भेटिएको हो । यसैबीच दुवै प्रहरीको हत्यामा संलग्न अपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पक्राउ परेका १६ जना मध्ये केहीले हत्या गरेको स्वीकार गरिसकेका छन् भने केही व्यक्तिहरु अझै भागिरहेकाले खोजी भइरहेको छ ।

उनीहरुले तस्करीको सामान बरामद गर्न खोजेपछि प्रहरीमाथि हमला गरी हत्या गरेको प्रहरी समक्ष बयानका क्रममा स्वीकार गरेको स्रोतको भनाई छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *