कोरोनाबाट मृत्यु भएकी महिलालाई वस्ती नजिक गाडेपछि विरोध

शेयेर गर्नुहोस

धनगढी । आज बिहान करिब साढे ५ बजेतिर कोरोना संक्रमणले मृत्यु भएकी महिलालाई धनगढी नगरपालिकास्थित कब्रस्तानमा गाडिएपछि बिरोध भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रस्तानमा शव गाडेका हुन् ।

वस्ती संगै रहेको कब्रस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले विरोध गरेका हुन । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिला रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए । १० गते सिकिस्त बिरामी भएकि ती महिलालाई १२ गते कोरोना संक्रमण देखिएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *