किसान सहकारीको २५ औं वार्षिकोत्सब तथा रजत जयन्ती सम्पन्न

शेयेर गर्नुहोस

माटो परिक्षण प्रयोग शाला उद्घाटन
टीकापुर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती मनाएको छ ।
संस्थाले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै वार्षिकोत्सब तथा रजत जयन्ती मनाएको हो ।
कोरोना भाइरस संक्रमणले समाज त्रशित भई रहेकै बेला सुरक्षितरुपमा सो संस्थाले कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा लम्की चुहा नगरपालिका मेयर महादेब बजगाई प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बजगाईले किसान बहुउद्देश्यीय सहकारी संस्थाले गरेका बिभिन्न काम कार्यको प्रशंसा गर्नुभयो ।
कैलाली जिल्लाका बिभिन्न बस्तीबस्तीमा आफ्ना सेयरधनी, बचतकर्ता र ऋणीहरुका लागि बिभिन्न कार्यक्रमहरु आयोजना गरेकाले स्थानियहरुको यो संस्थाप्रति बिश्वास बढेको समेत उहाँले बताउनुभयो ।
आफ्ना सेयरधनीका बालबालिकाहरु बढाईमा राम्रो भएका र डाक्टर पढाउन नसक्नेहरुका लागि संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराई पढाई पश्चात स्थानिय स्तरमा काम गर्ने बाताबरण बनाउनु पर्ने धारणा समेत बजगाईले राख्नुुभयो ।
कार्यक्रममा संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले द्वन्द्वकालदेखि संचालनमा आएको यो संस्थाले निकै चुनौतिपूर्ण जोखिम मोल्दै आज यो स्थानसम्म पुग्न सफल भएको बताउनुभयो ।
महा–प्रबन्धक शाहले यो संस्थालाई आज सफल यस अवस्था सम्म पु¥याउन सबैको सहयोग रहेको भन्नुभयो ।
उहाँले –‘आगामि दिनमा यो सहकारीलाई सुदूरपश्चिमकै सबैभन्दा उत्कृष्ट सहकारी बनाई टोलवस्ती सम्म सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा किसान सहकारी संस्थाका संस्थापक अध्यक्ष इन्द्र कुमार शाहले २५ बर्ष अघि किसान सहकारी संचालन गरिएका पिडा बारे ध्यानाकर्षण गराउनुभयो ।
यो संस्थामा रहेका कार्यसमिती, कर्मचारी र ऋणी लगायत सबैको इमान्दारिता भएकाले नै आज यो संस्था यो स्थानसम्म पुग्न सफल भएको समेत उहाँले बताउनुभयो ।
यसैगरी कार्यक्रममा सम्मानित गरिएका मध्य बल बहादुर बिष्टले समेत मन्तब्य राख्नु भएको थियो ।
यसैगरी कार्यक्रममा लम्की चुहा नगरपालिका १ नं. वडा कार्यालयका अध्यक्ष जनक बम बिशिष्ठ अतिथी रहनु भएको थियो ।
कार्यक्रमम निबन्ध प्रतियोगितामा प्रथम, द्वतिय र तृतियलाई सम्मानपत्र सहित क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइएको थियो ।
यसैगरी समाजमा बिभिन्न कार्य गर्दै आएकाहरुलाई समेत यो कार्यक्रममा संस्थाले सम्मान गरेकोे छ ।
यस्तै अहिले कोरोना संक्रमणकोे जोखिममा सेवा प्रवाह एवं व्यवसायीक सफलताका लागि कर्मचारीको भुमिकाको प्रशंसा गर्दै कार्यक्रममा बिभिन्न शाखाका कर्मचारीलाई सम्मान गरिएको छ ।
किसान सहकारी संस्थाले २५ औं रजत जयन्तीको अवसरमा माटो परिक्षण प्रयोग शालाको समेत उदघाटन गराएको छ । यो प्रयोगशालाले स्थानिय किसानहरु लाई निकै राहत पुग्नेछ ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *