खैरो हिरोइन सहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । लागुऔषध खैरो हिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ६ का ३२ वर्षीय दिनेश बोटलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइन सहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर कमलकुमार खड्काले जानकारी दिए ।

पक्राउ गरिएका बोटलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको समेत इन्सपेक्टर खड्काले बताए ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed