आख्यानकार गगन सिंह थापाको निधन, पार्थिव शरीर टीकापुर ल्याइदै

शेयेर गर्नुहोस

टीकापुर । चर्चित आख्यानकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका थापाको बुधबार बिहान दुई बजे निधन भएको हो ।

एक महिनाअघि मात्र उपन्यास ‘महाप्रलय’ प्रकाशित गर्नुभएका थापाको अर्को उपन्यास ‘मरुभूमिकी महारानी’ सार्वजनिक हुने तयारीमै रहेको अवस्थामा दुःखद निधन भएपछी आफुहरु अभिभावक बिहिन भएको स्वर्गीय थापाका ज्वाईं टीकापुर स्थित रेडियो नमस्तेका प्रवन्ध निर्देशक एवं पत्रकार कर्ण कुँवरले जानकारी दिनुभयो ।

थापाका धेरै कृतिहरु निकै चर्चित पनि छन् । सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) पछि लगत्तै ‘मरुभूमिकी महारानी’ समेत प्रकाशित हुन लागेको हो ।

वि.सं. २००५ भाद्रमा अछामको पाटेखेतमा जन्मनु भएका आख्यानकार गगनसिंह थापाको काठमाडौंमा निधन भएको हो । स्वर्गीय थापाको पार्थिव शरीर आजै टीकापुर ल्याइए पश्चात सुरुमा नुतन कुञ्जमा लगिने र त्यसपछि कटासेस्थित घरबाट शव यात्रा गरेर पाताभार घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

वहाँको दुःखद निधनले हामीलाई पनि मर्माहित बनाएको छ । समाजका लागि वहाँले साहित्यको मार्गबाट पुर्याउनु भएको योगदान अविस्मरणीय रहने छ । अग्रज साहित्यकार, आख्यानकार आदरणीय गगन सिंह थापाज्यू प्रती मलवारा दैनिक एवं मलवारा अनलाइन न्युज परिवारको तर्फबाट भावपुर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *