कञ्चनपुर जिल्लामा पूनः निषेधाज्ञा

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुर जिल्लामा प्रशासनले पूनः निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना संक्रमण जोखिम कायमै रहेकाले निषेधाज्ञा जारी गरेको हो ।
जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बढी भिडभाड हुने गतिविधिहरुका लागि लागु हुने गरी पूनः निषेधाज्ञा जारी गरेको हो ।

जसमा कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न, जुलुस गर्न, सिनेमा हल, पाटी प्यालेस, डिपार्टमेण्ट स्टोर, मनोरञ्जन स्थल, डान्सबार, सैलुन, व्युटिपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना, हेल्थक्लब, पुस्तकालय आदि सञ्चालन र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल समेत सञ्चालन गर्न नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा जारी आदेशमा भनिएको छ ।

यसैगरि २५ जना भन्दा बढी व्यक्तिहरु सहभागी हुने गरी आयोजना गरिने बैठक, गोष्ठी वा सेमिनार समेत गर्न नपाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार साँझ जारी गरेको आदेशानुसार, कञ्चनपुर जिल्ला स्थित अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुन सक्ने यात्रुहरुको आवागमन मंसिर मसान्तसम्म स्थगित हुने तर गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *