टीकापुर सामुदायिक पुस्तकालयद्वारा कम्बल वितरण

शेयेर गर्नुहोस

सुदिप बिक ।
टीकापुर । ट्याग परियोजना अन्तर्गत राहत सँकलन कोष बाट आईरेक्स नेपाल र रिड नेपालको सहयोगमा सामुदायिक पुस्तकालय टीकापुरले कोरोना प्रभावितहरुलाई राहत स्वरुप कम्बल वितरण गरेको छ ।
पुस्तकालयले टीकापुरको मेरी आमा नामक संस्था र शक्तिदेबी आधारभुतका बिद्यालयका १० जना बालबालिकाका अभिभावकहरुलाई राहत स्वरुप न्यानो कम्बल बितरण गरेको हो ।
टीकापुर सामुदायिक पुस्तकालय का अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश सभा सदस्य रण बहादुर रावलले बिशेष गरि जाडोको समयमा अनाथ बाल–बालिकाहरु लाई न्यानो कम्बल वितरण गरि राम्रो सन्देश दिन खोजेको बताए ।
टीकापुर नगरपालिका वडा न १ का वडा अध्यक्ष गँगाराम आचार्यले अनाथ बालबालिका हरुको गाँस,बाँस, र कपासका लागी नगरपालिकामा कार्ययोजना ल्याउन सके आफुले जुनसुकै बेला पनि सहयोग गर्ने बताए ।
टीकापुर पुस्तकालयका सचिव कण्ठराज गिरीले सँचालन गरेको कार्यक्रममा नेकपाका रंग अधिकारी, नेकाका धनराज उपाध्याय, पुस्तकालयका पुर्व अध्यक्ष धनञ्जय तिमिल्सिना, उदयराम अधिकारी, ट्याग परियोजनाका यरिया सँयोजक सुगम रेग्मी, मेरि आमा संस्थाकी अध्यक्ष दिव्या चौधरी लगायतले बोलेका थिए भने पुस्तकालयका सदस्य धर्मचन्द्र शर्माले स्वागत गरेका थिए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *