शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । टीकापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र न १ ले २९९ औं पृथ्वी जयन्ती मनाइएको छ ।
पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संघियता खारेजको माग गर्दै सोमबार टीकापुरमा पृथ्वी जयन्ती मनाइएको हो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दबाव मुलुक ¥याली निकालेको थियो ।
त्यस्तै पृथ्वी जयन्तीको अवशरमा स्वतन्त्र युवा समूहले बर्दिया जिल्लाको राजापुर, सत्ती, नारायणपुर हुँदै टीकापुरसम्म ¥याली निकालेको थियो ।
पृथ्वी जयन्तीको अवशरमा स्वतन्त्र युवा समूहले देश टुक्रिन दिनु हुँदैन । राजसंस्थाले गरेको राम्रो कामको सम्मान गर्नुपर्छ भन्नेजस्ता अभिब्यक्ति समेत दिइएको स्वतन्त्र युवा समूहका लोकबहादुर बुढाक्षेत्रीले बताए ।
बुढाक्षेत्रीका अनुसार पृथ्वी जयन्तीको अवशरमा गरिएको कार्यक्रमबाट खडक चोकमा २० फिटको पाइपमा नेपालको झण्डा समेत राखिएको जानकारी दिए ।
स्वतन्त्र युवा समाजको व्यवस्थापन दिपेन्द्र रावलले गरेको बुढाक्षेत्रीले बताए ।