टीकापुर–६ मा क्रिकेट प्रतियोगिता

शेयेर गर्नुहोस

गणेश क्षेत्री ।
टीकापुर । नव ज्योति युवा क्लब पर्सेनिको आयोजनामा पौष २९ गतेदेखि टीकापुर नगरपालिका वडा न ६ मा क्रीकेट प्रतियोगिताको सुभारम्भ भएको छ
स्थानिय समाजसेवी ज्ञानेन्द्र नायकको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका टीकापुर नगर अध्यक्ष खडक शाह प्रमुख अतिथी रहनु भएको थियो ।
यस्तै विशिष्ट अतिथिमा टीकापुर अस्पतालका अध्यक्ष दिपक रावल रहनु भएको थियो ।
नगर खेलकुदका अध्यक्ष लक्ष्मण थापा ,वडा स्तरीय खेलकुद अध्यक्ष देब बहादुर बुढाथोकी ,नारायणपुर खानेपानीका अध्यक्ष चिरञ्जीवी खनाल ,रानिजमरा कुलरिया सिचाइ आयोजनाका अध्यक्ष कुमार राज शाही रहनुभएको थियो
प्रमुख अतिथी खडक शाहले खेलले मानसिक र शारीरिक रुपमा नै मान्छेलाइ स्वस्थ्य बनाउनेहुनाले खेल खेल्नुपर्ने बारे औल्याउनु भएको थियो ।
उहाँले भन्नुभयो –आजको २१ औ सताब्दिको युगमा नाम र दाम कमाउने माध्यम पनि खेल भएकोले खेलको पनि महत्व भएको बताउनुभयो ।
सदस्य बिनिता नायकको स्वागत मन्तब्य सङ्गै सुरुभएको कार्यक्रममा बडघर नृप शाह , प्रसेनी ग्रामीण बिधुत सहकारीका अध्यक्ष सिपि खनाल ,नेपाली काङ्ग्रेसका नृप कडायत लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा २१ टिमले सहभागिता रहेको अध्यक्ष ज्ञानेन्द्र नायकले मलवारा लाई जानकारी दिनुभयो ।
प्रथम हुने टिमलाई २० हजार र दोस्रो हुने टिमलाइ १० हजार रुपैयाँ पुररस्कार र शिल्ड दिइने आयोजकले जनाएको छ । कार्यक्रमको सन्चालन सचिब कृषा साउँदले गर्नुभएको थियो ।

ताजा खबर

हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने

चार महिनापछि बैठक बस्दै

amazed