महाकाली राजमार्गमा शंकास्पद वस्तु फेलापरेपछि आवातजावत बन्द

शेयेर गर्नुहोस

अत्तरिया । महाकाली राजमार्गमा शंकास्पद बस्तु फेला परेपछि आवतजावत बन्द भएको छ । राजमार्गको दोगडाकेदार गाउँपालिका वडा नं. ६ को बीच सडकमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।

रातो कलरको कपडामा तारसहित बमजस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त बस्तु फेला परेको जनाइएको छ ।

उक्त शंकास्पद बस्तु कसले र किन राखेको भन्ने खुल्न सकेको छैन।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नेपाल बन्द आह्वान गरेकाले सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका छ।

शंकास्पद बस्तु फेला परेपछि रातिदेखि नै राजमार्ग अवरुद्ध भएको र उक्त शंकास्पद बस्तु निष्क्रिय पारेर सवारीसाधन स्कटिङ गरेर गन्तव्य पु¥याइने प्रहरीले बताएको छ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *