शेयेर गर्नुहोस
नयाँ कार्यसमितिको अध्यक्षमा हिरालाल
टीकापुर । २०५२ सालमा स्थापना भएको अरुण क्लब खैरीफाँटा करिब ७ बर्ष पछि पुनः सक्रिय भएको छ ।
सुस्ताएको अरुण क्लबले शनिवार वार्षिक शाधारणसभाको आयोजना गरी नयाँ कार्य समिति समेत गठन गरेको छ ।
हिरालाल भाटको अध्यक्षतामा ९ कार्य समिति गठन भएको छ । उपाध्यक्षमा बिष्णुराज भाट, सचिब प्रेमराज भाट, कोषाध्यक्ष भरत बहादुर कुवँर, सहसचिब भगवती भाट रहेका छन ।
यसैगरी सदस्यहरुमा हरिकला बिष्ट, महेन्द्र थापा, राम वहादुर रावल र नवराज भाट रहेका छन ।
शाधारणसभा पश्चात कार्य समिति गठन भएको हो । शाधारणसभामा प्रमूख अतिथी जानकी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी रहनु भएको थियो ।
प्रमूख अतिथी रहनुभएका भण्डारीले भने–‘राजनितीक आस्था कसैको कहिपनि हुनसक्छ, तर आफु जनप्रतिनिधी भएकाले आफ्नो वडाका बासिन्दा सबै बराबर हुन ।
आफ्नो पनि खेल जगतमा रुची भएको ब्याख्या गर्दै भण्डारीले वडामा हुने बिभिन्न खेलकुदमा आफ्नो सकारात्मक भूमिका रहने छ साथै खेलजगतका लागि आफुले ब्यक्तिगत तथा वडा कार्यालयबाट सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
व्यक्तिगतरुपमा कसैले कसैलाई मन नपराउला तर समाजको हितमा काम गर्ने जो कोहीलाई पनि हौसला दिनुपर्छ भन्ने तर्क समेत वडाध्यक्ष भण्डारीले दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष भण्डारीले अरुण क्लबले खेलमा मात्र सिमित नभई गाउँ टोलमा अनियन्त्रित जाँडरक्सी, जुवाँतास नियन्त्रणतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
यसैगरी जानकी गाउँपालिका वडा नं. ९ का बिजय रावलले संस्था संचालन गर्न सबैको आवश्यक्ता हुन्छ त्यसैले अरुण क्लबलाई सकृयरुपमा लैजान सबैले सकृयरुपमा लाग्न आग्रह गर्नुभयो ।
क्लबका निवर्तमान अध्यक्ष नविन सोडारीको सभापतित्वमा भएको कार्यक्रममा अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटाका प्रधानाध्यापक कर्ण कुवँरले –‘बिगतमा यो क्लबको कार्य समितिमा निस्कृय रहेका व्यक्तिलाई पूनः कमिटीमा राख्नु हुँदैन भनेर ध्यनाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो–‘निस्कृय व्यक्तिकै कारण अरुण क्लब सुस्ताएको हो । तर निस्कृय व्यक्तिलाई क्लबमा फेरीपनि जोड्दा संस्था सकृय हुन सक्दैन ।
यसैगरी कार्यक्रममा खेलाडी स्वर्गिय हरीराम भाट, अरुणोदय माध्यमिक बिद्यालयका संस्थापक प्रधानाध्यापक स्व. गगनसिँह थापा, अरुण क्लबका संस्थापक अध्यक्ष टीकाराम भाटको सम्झना गरिएको थियो ।
कार्यक्रममा निवर्तमान कोषाध्यक्ष प्रेमराज भाट, क्लबका पूर्व अध्यक्ष एवं निर्वाचित अध्यक्ष हिरालाल भाटले मन्तब्य राख्नु भएको थियो ।
बिष्णु भाटले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रम कमल प्रसाद भाटले संचालन गर्नु भएको थियो ।