शेयेर गर्नुहोस
सुदिप बिक ।
टीकापुर । कैलालीको टीकापुरमा रुपान्तरण साथी शिक्षकलाई जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम आईतबार देखि सुरु भएको छ ।
बाल कल्याण सँघ टीकापुरका कोषाध्यक्ष धनराज शाहिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेकि बाल स्पोन्सरसीप फिल्ड संयोजक डेजुना राईले किशोर अवस्थामा हुने महत्त्वपूर्ण परिवर्तनका लागी साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागी तालिमको महत्त्व रहेको बताए ।
बाल कल्याण सँघ टीकापुरका बाल सँरक्षण अधिकृत पदम भट्टले बाल कल्याण सँघ टीकापुर र बल्डभिजन ईन्टरनेशल नेपालको समन्वयमा रुपान्तरण साथी शिक्षकलाई जिवन उपयोगी सीप सम्बन्धि १० दिने प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको बताए ।
बाल कल्याण सँघका फिल्ड अधिकृत तपेन्द्र ठकुल्लाले सँचालन गरेको कार्यक्रममा एन।एन।फाउन्डेसनका बिन्जु बराल,मन्दिप सुरीले १० दिने तालिमको सहजिकरण गर्ने तालिमको स्वागत गर्दै भट्टले बताए ।
१० दिने प्रशिक्षक प्रशिक्षण तालिममा टीकापुर नगरपालिका,भजनि नगरपालिका ,घोडाघोडी नगरपालिका,गौरीगँगा नगरपालिका गरि २८ जना किशोर किशोरीहरुको सहभागिता रहेको छ भने माघ २० गते उक्त तालिम सम्पन्न हुने छ ।