बर्दियाको ठाकुरबाबामा नेपाली कांग्रेसले गर्यो कृयाशिल भेला

शेयेर गर्नुहोस

नेकपाबाट असन्तुष्टि जनाउदै २३ जनाले गरे प्रवेश
टीकापुर । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आज नेपाली कांग्रेसले कृयाशिल भेला गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय संगठन बिभाग सदस्य जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो भेला भएको हो ।


ठाकुरबाबा नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेस सभापती ओमप्रकाश ढकालको सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ठ अतिथि पार्टीका महा समिति सदस्य विद्याप्रसाद खनाल रहनु भएको थियो ।


यसैगरी कार्यक्रममा बर्दिया जिल्ला क्षेत्र नं. ३ का पूर्व क्षेत्रिय सभापती छबिलाल सापकोटा, नेपाली कांग्रेसका ठाकुरबाबा नगर सभापती दिपकराज तिमिल्सिना, वडा नं. ७ का वडाध्यक्ष एवम नेपाली कांग्रेस सह–सभापती पदम बहादुर खड्काको समेत सहभागिता रहेको थियो ।


पार्टीमा असन्तुष्टि भएपछि २३ जनाले नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ ।
बिगत केहि दिनदेखि नेपाली कांग्रेसलाई अझै शसक्तरुपमा लैजानका निमित्त नेपाली कांग्रेसका केन्द्रिय संगठन बिभाग सदस्य जन्मजय तिमिल्सिनाले बिभिन्न टोलटोलमा पुग्दै आउनु भएको बताइएको छ ।


नेपाली कांग्रेसमा तिमिल्सिना जस्तै अन्य नेताको समेत खाँचो छ । जब तिमिल्सिना जस्तै नेता रहन्छन, अनिमात्र नेपाली कांग्रेस बजबुत हुनेछ भन्ने हाम्रो बिश्वास छ, नेपाली कांग्रेसका कार्यक्रर्ता तथा राजापुरका वासिन्दा रामदास चौधरी बताउछन ।

amazed